1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

मुद्दा झेलेपछि हस्ताक्षर अभियान चलाउने हामि रास्वपा जस्तो होइन: प्रम ओली

काठमाडौं, २९ असार। नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापामा आयोजित पार्टी कार्यकर्ता भेलामा एमालेको साख र निष्ठामाथि उठेका प्रश्नहरूलाई कडा शब्दमा प्रतिवाद गरेका छन् ।

नेकपा (एमाले) र आफुले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गरेका प्रधानमन्त्री ओलीले हालै सार्वजनिक बहसमा आएको सहकारी काण्डप्रति संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सिधै प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले भने: “हामी मुद्दा खेपेर हस्ताक्षर अभियान चलाउने रास्वपा जस्तो होइनौं,” “त्यसैले अहिले आएको भ्रामक प्रचारको पछि नलाग्नोस ।

उनको भनाइ थियो, एमाले साना स्वार्थको पार्टी होइन, बलिदानी र राष्ट्रिय जिम्मेवारी बोकेको शक्तिशाली शक्ति हो । ओलीले थपे, “एमाले विना देशको कल्पना, र केपी ओली विना एमालेको कल्पना गर्नु निरर्थक छ।”