1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रहरी हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन, उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ३० असार। गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयकमा हवल्दारसम्मलाई १६ वर्षमा नै पेन्सन पाउने गरी अवकाश जान मिल्ने व्यवस्था गरिएको बताएका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षाको सुरुवात गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले प्रहरीहरुलाई उच्च मनोबलको साथ काम गर्नका लागि निर्देशन दिए ।

‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा जाने गरेर व्यवस्था विधयेकमा गरिएको छ,’– उनले भने ।

गृहमन्त्री लेखकले केही दिनभित्रै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा प्रहरी विधेयकमाथि छलफल हुने बताए । उनले प्रहरी जनताको बीचमा लोकप्रिय हुँदैगएको पनि बताए ।

उनले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउनका लागि काम भइरहेको पनि जानकारी गराए ।