1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेप्से ३५ अंकले ओरालो,लगानीकर्ता फेरि मारमा

काठमाडौँ, ३० असार। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ३५.०९ अंकले घटेर दुई हजार ७२५ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, आज कारोबार रकम पनि घटेको छ । आज कूल २ करोड ११ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको मात्र ४० करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।