1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बिस अर्ब हराएको खबरमा नेपाल बैंकको कडा आपत्ति, भ्रम नफैलाउन आग्रह

काठमाडौँ, ३० असार। नेपाल बैंक लिमिटेडको २०७८/७९ को लेखापरीक्षणमा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको भन्दै केही सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन भएको भन्दै बैंकले गम्भीर आपत्ति जनाएको छ ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै समाचार भ्रमपूर्ण, भ्रामक र तथ्यविहीन रहेको स्पष्ट पारेको छ । लेखापरीक्षण मार्फत देखिएका सबै वित्तीय विवरण, अनुपालन सम्बन्धी विवरण तथा आवश्यक सफाइ नियामक निकाय र सरोकारवालाहरूलाई विधिवत रूपमा जानकारी गराइसकिएको बैंकले जनाएको छ ।

लेखापरीक्षण प्रतिवेदन सम्बन्धी यथार्थ जानकारी बिना सनसनीपूर्ण तरिकाले समाचार सम्प्रेषण गरिनु गलत भएको बताउँदै यस्ता भ्रामक सामग्रीहरू नफैलाउन समेत बैंकले सबैमा आग्रह गरेको छ ।

नेपाल बैंक लिमिटेडले आफू सधैं नियामक निकायका नीति तथा निर्देशनको पूर्ण पालना गर्ने संस्थाका रूपमा काम गरिरहेको र वित्तीय रूपमा सुदृढ रहेको दाबी गरेको छ ।

साथै, नेपाल सरकार, ग्राहक, नियामक निकाय र अन्य सरोकारवालाहरू प्रति विश्वास कायम रहोस् भन्ने अपेक्षा समेत प्रेस बिज्ञप्ति मार्फत बैंकले व्यक्त गरेको छ ।