1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेपाल बैंकद्वारा दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी

काठमाडौँ, ३१ असार। नेपाल बैंक लिमिटेडले कर्मचारी तलब खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत पाँच लाख रुपैयाँको दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला स्व. रघुनन्दन यादवको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजकी पत्नी अमिरा कुमारी यादवलाई सो रकम, असार २२ गते एक कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले हस्तान्तरण गरेका थिए ।

बैंकले कर्मचारी तलब खाता योजना अन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा दिने व्यवस्था गरेको छ। यसै योजना अनुसार मृतक यादव पत्नीलाई बैंकले उक्त बीमा रकम उपलब्ध गराएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले स्व.यादवप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारप्रति समवेदना प्रकट गर्दै नेपाल बैंकले आफ्ना ग्राहकको वित्तीय सुरक्षालाई सधैं प्राथमिकतामा राख्ने गरेको बताए । त्यसैगरी पाण्डेयले बीमा दाबी प्रक्रिया छरितो, सरल र प्रभावकारी बनाउने प्रतिबद्धता समेत प्रकट गरे ।

मृतक यादव पत्नी अमिराले, दुखको बेलामा बिना कुनै झन्झट नेपाल बैंकबाट प्राप्त आर्थिक रकमले परिवारलाई निकै राहत मिलेको बताईन ।

मृतक यादव थाहा नगरपालिका-१ स्थित श्री झम्केश्वरी माविका शिक्षक थिए । २०७९ सालदेखि खाता खोलि बैंकको ग्राहक बनेका यादवको २०८२ असार १२ गते थाहा नगरपालिका-३ मा भएको सडक दुर्घटनामा निधन भएको थियो ।