1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

अदालतको अपमान गर्दै रास्वपाले देशलाई अराजकतर्फ धकेल्दैछ: राजेन्द्र बजगाईं

काठमाडौँ, ३१ असार। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले अदालतको अवहेलना गरिरहेको बताएका छन् ।

सहकारी ठगी मुद्दामा उनले जिल्ला अदालत कास्कीबाट रवि लामिछाने छुट्दा पोखरामा गरेको जु्लुसदेखि अहिले गरिरहेको हस्ताक्षर अभियान अदालतको अवहेलना रहेको बताएका हुन् ।

‘सहकारी ठगीको आरोपमा अदालतको पुर्पक्षमा थुनामा हुनुहुन्छ तपाईँका नेता । मुक्त नभइसक्दा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी हो । यो अदालतको अवहेलना हो,’– उनले भने ।

साथै, उनले रास्वपाले आफुहरुलाई देशलाई अस्थिरता र निराशामा धकेल्यो भन्ने आरोप लगाइराखेको बताए । उनले रास्वपाका अध्यक्ष अपराधिक मुद्दामा जेलमा रहँदासमेत पार्टीको सभापति भइराखेको भन्दै आलोचना गरे ।

सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिताको समेत बेवास्ता गरेको उनको टिप्पणी छ ।