1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ, ३१ असार। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको शितलनिवासले जनाएको छ ।