1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पेट्रोल र डिजेलको मूल्य घट्यो, के मा कति घट्यो ?

काठमाडौँ, ३२ असार। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो। नयाँ मूल्यसूची मंगलबार राति १२ बजेदेखि लागू भएको छ ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ।