1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

आज चारवटा संसदीय समितिका बैठक हुँदै

काठमाडौँ, ३२ असार। केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन् ।

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् ।