1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सत्ता सन्तुलनमा झड्का, जसपाले सरकारको साथ छाड्यो

काठमाडौँ, ३२ असार। जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन्।

यस अघि असार ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको थियो।

जसपा नेपालले एमाले/कांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन। पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो।