1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

शिक्षा सुधारमा देउवाको आवाज, गुणस्तर र समानताको जोडदार समर्थन

काठमाडौँ, ३२ असार। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु अहिलको चूनौति रहेको बताएका छन् ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चुनौति साक्षरता रहेको भन्दै आजको चुनौति देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताएका हुन् ।

उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे ।

सामुदायिक विद्यालयहरुले सेवामूखी भइ मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए । सभापति देउवाले सामूदायिक विद्यालयको शिक्षाको गुणस्तरको बृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राखे ।

उनले समृद्धिको आधारशिला जिवनउपयोगी शिक्षा रहेकाले व्यवसायीक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताए ।