1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

मेयर साह एक लाख घुससहित पक्राउ, अख्तियारले गर्यो द्रुत कारबाही

काठमाडौँ, ३२ असार। सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार, उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा मेयर साहले एक लाख रुपैयाँ घुस लिइरहेका बेला उनी पक्राउ परेका हुन् । आयोगले पूर्व जानकारीका आधारमा निगरानी गर्दै आएको र प्रमाणसहित उनलाई नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ ।

हाल घटनास्थलबाट घुस रकमसहितको मुचुल्का तयार पारी साहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको आयोगको कार्यालय बर्दीबासले जानकारी दिएको छ ।

साह एमालेबाट निर्वाचित भएका हुन् ।