1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

जहाँ टेक्छ सरकार, त्यहीँ भ्रष्टाचारको दलदल : प्रचण्डको प्रहार

काठमाडौँ, १ साउन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताएका छन्।

बिहीवार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

सुशासनविरुद्ध खडा भएको वर्तमान सरकारले देशलाई असफल बनाउनेतर्फ अगाडि बढेको समेत उनले आरोप लगाए।

‘अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही नै छैन। सुशासनविरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउनेतिर अगाडि बढेको छ। हामी सबैले जनतासँग राम्रो सम्बन्ध बनाएर श्रम र उत्पादनसँग जोडेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्नुपर्नेछ’, उनले भने।

प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले अहिले मुलुक निकै नै जटिल मोडमा रहेको बताए। यस्तै देशमा अविरल वर्षाका कारण ठुलो धनजनको क्षति भएकाले विपद् व्यवस्थापनका लागि जुट्न समेत उनले आग्रह गरे।