1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

एमालेको बैठक: ओलीको नेतृत्वमा नयाँ नियम र रणनीति तयारी

काठमाडौँ, १ साउन। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघिबाट बैठक बसिररहेको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका हुन्।

नेता गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरुमा व्यापक छलफल र निर्णयहरू हुनेछन्। खास गरी विधान संशोधन प्रस्तावका खाकाहरू बैठकमा पेस भएर छलफल हुनेछन्।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्दैछन्। बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्नेछ।