1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

आवको पहिलो दिनै सेयर बजारमा धमाका, १६ अर्बको कारोबार

काठमाडौँ, १ साउन। नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ। २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो। आज कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो।

आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य घटेका छन्। दिनभरमा ३११ स्क्रिवका ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ।

जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ। नेपाल रिइन्स्योरेन्सको ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ४२ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँको कारोबार भएको छ।

ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रो कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। बजारमा उछाल आउनुमा आज अन्य समूहको प्रमुख योगदान रह्यो।

उक्त समूह ५.०९ प्रतिशतले बढ्दा हाइड्रोपावर, इन्भेष्टमेन्ट र जीवन बीमा क्षेत्रमा ३ प्रतिशत भन्दा माथिको वृद्धि भएको छ। सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०४ प्रतिशत मात्रै बढेको छ।