1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि गोलको आँधी, ७-० को ऐतिहासिक जित

काठमाडौँ, १ साउन। साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले तेस्रो जित निकालेको छ ।

बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।

यस पल्टको नेपालको जितमा समीक्षा मगरले दुई गोल गरिन । यस्तै पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र विर्षणा चौधरीले एक एक गोल गरे । अर्को एउटा गोल आत्मघाती रह्यो ।

अनिषा राई भने पेनाल्टीमा गोल गर्न चुकिन । श्रीलंका चौथो हारसँगै शून्य अंकमा रह्यो । बिहीबारको दोस्रो खेलमा बंगलादेशले भुटानको सामना गर्दैछ ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो ।

तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो । नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ । शीर्ष रहने टोलीले उपाधि जित्ने छ ।