1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

शेखर-प्रचण्ड भेट: भ्रष्टाचारमाथि गम्भीर छलफल, सरकारमाथि संयुक्त असन्तुष्टि

काठमाडौँ, १ साउन। नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि शेखर प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई नेताबीच दुई घण्टा लामो भेटवार्ता भएको हो ।

कांग्रेस–एमाले सरकारको एक वर्ष भएको छ । यस्तोमा अहिले सरकारको कामको समिक्षा भैरहेको छ । शेखरले पनि सरकारको खुलेर आलोचना गरिरहेका छन् ।

उता, प्रचण्डले सरकार बनेदेखि नै भ्रष्टाचार मौलाएको र सरकारले आफ्नालाई संरक्षण गरेको आरोप लगाउँदै आएका छन् ।