1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

च्याम्पियन्स ट्रफीमा परिवार लैजान बन्देज ।

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ मा भारतीय खेलाडीले आफ्नो परिवार लान नपाउने भएका छन् । उक्त नियम भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पारित गरेको हो। बीसीसीआईको यो नियमसँगै कुनै पनि भारतीय खेलाडीले पत्नी, छोराछोरी कसैलाई साथ लिएर जान पाउने छैनन् ।

बीसीसीआईले जारी गरेको नियममा भनिएको छ–‘विदेश भ्रमणको ४५ दिन भन्दा बढीको समय भए पत्नी र बच्चालाई दुई सातासम्म राख्न सकिने छ, यदि यो नियमको विपरित गएमा बीसीसीआईले परिवारको खर्च व्यहोर्ने छैन।’

त्यसपछि परिवारको सम्पूर्ण खर्च खेलाडीले व्यहोर्नु पर्ने समेत नियममा उल्लेख गरिएको छ । त्यस्तै त्यसको लागि प्रशिक्षकसँग अनुमति लिनु पर्नेछ । बीसीआईले यो नियम बोर्डर-गावस्कर ट्रफीमा भारत अष्ट्रेलियासँग ३-१ ले पराजित भएपछि बनाएको थियो ।

च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो पहिलो खेल २० फेब्रुअरीमा बंगलादेश २३ फेब्रुअरीमा चीरप्रतिद्वन्दी पाकिस्तान र २ मार्चमा न्युजील्याण्डसँग खेल्ने कार्यक्रम रहेको छ । च्याम्पियन्स ट्रफीको शुभारम्भ १९ फेब्रुअरीदेखि हुदैछ ।