1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

निर्वाचन आयोगमा रास्वपाको प्रश्न: पदाधिकारी हेरफेर किन अपडेट भएन ?

काठमाडौँ, ४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल गरेका छन् ।

भेटपछि महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पदाधिकारी हेरफेरमा विलम्ब गरेको बुझ्न आएको जानकारी गराए ।

‘विलम्ब नहुनुपर्ने केही कैफियत छ कि भनेर कुरा राख्न आएका थियौं,’ बुर्लाकोटीले भने,‘पार्टीबाट बुझाइएका सबै जसो पुगेको उहाँहरुले भन्नुभएको छ । पदाधिकारी हेरफेर भएको विवरण पटक-पटक बुझाइरहेका पनि छौं ।’

आयोगले रास्वपाका पदाधिकारी हेरफेर अद्यावधिक नगर्दा पूर्वमहामन्त्री त्यही पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।