1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

आईपीएल २०२५ को खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा कोलकाता बेङ्गलोर ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ । २२ मार्चदेखि शुरु हुने आईपीएल २०२५ को उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्गलोरबीच कोलकाताको इडेन गार्डनमा भिडन्त हुनेछ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार आईपीएलको तालिका घोषणा गरेको हो । तालिका अनुसार भारतका १३ स्थानमा ६५ दिनसम्म ७४ वटा आईपीएलका खेल हुनेछन् । तालिका अनुसार कोलकोतामा क्वालिफायर २ र फाइनल खेलको आयोजना हुने छ । त्यस्तै क्वालिफायर १ र एलिमिनेटरको खेल हैदरावादमा हुनेछ ।

२२ मार्चदेखि शुरु हुने आईपीएलका लिग चरणका खेलहरु १८ मेमा सकिने छन् । त्यसपछि २० मेमा हैदरावादमा पहिलो क्वालिफायर खेल हुनेछ भने २१ मेमा हैदरावादमा नै एलिमिनेटर खेल हुनेछ । २३ मेमा कोलकोतामा दोश्रो क्वालिफायर म्याच हुनेछ भने २५ मे आइतबार कोलकोतामा नै फाइनल खेलको आयोजना हुनेछ।