1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

संघीय संसदका तीन समितिको बैठक बस्दै: तीन ठूला मुद्दा, निर्णय दबाबमा

काठमाडौँ, ८ साउन। आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन छलफल र पारित गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।