1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

काठमाडौँमा बाँदरकाे लागि मिस्टर मंकि रेस्टुरेन्ट: पृथक सामाजिक अभियान

काठमाडौं, ८ साउन। बाँदरहरूलाई खाना खुवाउने, हेरचाह गर्ने र तिनीहरूकाे संरक्षणमा समर्पित एक अनौठो र भावनात्मक अभियान सुरु भएकाे छ । त्यो हो, मिस्टर मंकि रेस्टुरेन्ट।

काठमाडौँ बालाजुस्थित वोराटारमा रहेको सामाजिक संस्था मिस्टर मंकि रेस्टुरेन्टले बाँदरहरुका लागि हरेक दिन ताजा फलफूल, स्वास्थ्यवर्द्धक आहारको व्यवस्था गर्ने गरेको छ ।

बिगत लामो समयदेखि बाँदर अनुसन्धान तथा हेरचारमा लागेका भीमदत्त भट्टराई र अकबर लामाकाे नेतृत्वमा मिस्टर मंकि रेस्टुरेन्ट स्थापना भएको हो । याे संस्था बाँदरहरूकाे जीवनस्तर उकास्न र वातावरणीय सन्तुलन कायम गर्न समर्पित रहेको भट्टराईले बताए। बाँदरकै लागि विशेष रूपमा स्थापना गरिएको यस संस्थाले बाँदरहरूलाई नियमित रूपमा फलफूल र स्वस्थ खाना खुवाउने गरेको छ ।

शहरीकरणका कारण मानिसबाट बाँदर पिडित र बाँदरबाट मानिस पिडित हुने गरेको भट्टराई बताउछन । शहरीकरण, प्राकृतिक वनको खण्डीकरण, र बढ्दो जनसंख्याका कारण मानिस र बाँदरविच द्धन्द्ध बढेको भट्टराईको बुझाई छ । भट्टराई भन्छन-” ‘यो क्रम आगामी भविष्यमा झनै बढ्ने देखिन्छ र बाँदर व्यवस्थापनमा चुनौती हुने देखिन्छ ।” भट्टराई भन्छन-” अहिलेको बेला भनेको बाँदरको संरक्षण तथा यसको व्यवस्थापन गर्नु हो । जुन निक्कै जरुरी छ । जसका लागि मिस्टर मंकि रेस्टुरेन्टको स्थापना भएको हो ।”

अहिले पशुपति क्षेत्र, स्वयम्भु, बालाजु र थापाथली क्षेत्रमा बाँदरहरु रहेका छन् । यसमध्ये सबैभन्दा बढि पशुपति र स्वयम्भु क्षेत्रमा बाँदरको संख्या बढि छ । महानगरपालिका भित्र बाँदरको संख्या कति छ भन्नेबारे ठोस तथ्यांक भने छैन ।

मिस्टर मंकि रेस्टुरेन्टले बाँदरहरुकै लागि भनेर एक लाख फलफूलकाे बिरुवा राेप्ने महत्वाकांक्षी योजना समेत सार्वजनिक गरेकाे छ । यस योजनाले बाँदरकाे बसोबास सुधार गर्न, वातावरण हरियाली बनाउन र जैविक विविधता जगेर्ना गर्न सहयोग पुर्याउने विश्वास संस्थाले लिइएकाे छ।

बाँदरकाे अभिभावक बन्नुहाेस् भन्ने नाराका साथ संस्थाको सदस्यता लिन सकिने मिस्टर मंकि रेस्टुरेन्टले जनाएको छ । हरेक सदस्यको नाममा बाँनरहरुलाई एक बाकस केरा खुवाउने तथा कुनै एक फलफूलको बिरुवा रोपिने छ । मिस्टर मंकि रेस्टुरेन्ट अंकित टिसर्ट हरेक सदस्यले संस्थाको सदस्यता लिएसगै प्राप्त गर्ने छन । सदस्यता शुल्क दुई हजार रुपैंया राखिएको छ भने यो रकम पारदर्शी रुपमा बाँदरकाे भोजन, स्वास्थ्य र सुरक्षा व्यवस्थापनमा प्रयोग गरिने संस्थाले जनाएको छ । संचालक भट्टराई भन्छन- “याे न्यूनतम रकम हाे, यसभन्दा बढी सहयोग गर्न चाहनु हुनेले स्वतन्त्र रूपमा दान दिन पनि सक्नुहुने छ ।”

मिस्टर मंकि रेस्टुरेन्टले जनावरप्रतिको मानविय व्यवहारको उदाहरण प्रस्तुत गर्दैछ भन्दै भट्टराई भन्छन- “बादरहरू भनेको प्राकृतिक सम्पदा हुन्, र यिनीहरुको संरक्षण मानव समाजकै दायित्व हाे भन्ने सन्देश दिन हामीले यो पहल गरेका हौ।” “मंकि रेस्टुरेन्ट बाँदरलाई खानपिनकाे व्यवस्था गर्ने स्थल मात्र हैन, बाँदरकाे जीवन जोगाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने सामाजिक अभियानकाे प्रतीक हो।”

भट्टराई भन्छन- “यदि जो कोही पनि याे अनौठाे तर जरुरी यात्राकाे हिस्सा बन्न चाहनुहुन्छ भने मिस्टर मंकि रेस्टुरेन्टसग जोडिन सक्नु हुने छ। एउटा बाँदरकाे जीवन परिवर्तन गर्न हामि सगै सहकार्य गर्न सक्नुहुने छ।”

मिस्टर मंकि रेस्टुरेन्ट
https://www.facebook.com/share/v/1BauR3umiW