1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बुढानीलकण्ठमा देउवाको रणनीतिक बैठक: मन्त्रीसहित पदाधिकारी सहभागी

काठमाडौँ, ८ साउन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

सभापति देउवाले शुक्रबार विहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा सरकारमा सामेल रहेका मन्त्रीहरुपनि सहभागी हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीति र सरकारका कामको विषयमा छलफल हुने एजेण्डा रहेको छ ।