1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

जो रुटको ऐतिहासिक प्रहार, टेस्ट रन लिस्टमा दोस्रो स्थान

काठमाडौँ, १० साउन । इङल्याण्डका ब्याट्सम्यान जो रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

म्यानचेस्टरमा भारतविरुद्ध जारी रहेको टेस्ट सिरिजको चौथो टेस्टमा १२० रन बनाएसँगै रुटले अष्ट्रेलियाका रिकी पोन्टिङलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका हुन् । पोन्टिङले १३ हजार ३७८ रन बनाएका थिए भने रुटले अब उनलाई उछिनेका छन् ।

रुटभन्दा अगाडी सचिन तेन्दुलकरले टेस्ट क्रिकेटमा सर्बाधिक १५ हजार ९२१ रन बनाएका छन् । टेस्ट क्रिकेटमा दक्षिण अफ्रीकाका ज्याक कालिसले १३ हजार २८९ र भारतका राहुल द्रविडले १३ हजार २८८ रन बनाएका छन् ।

३४ बर्षिय रुटले टेस्ट क्रिकेटमा योसहित ३८ शतक बनाएका छन् । उनले १५७ खेलका २८६ इनिंगमा ३८ सतक बनाएका छन् ।