1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, १० साउन । अभिनेत्री बेनिशा हमालको जन्मदिन पारेर शुक्रबार उनको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरबाट फिल्म मोहर देउकी कुप्रथालाई केन्द्रमा राखेर बनाइएको बुझ्न सकिन्छ ।

फिल्ममा अभिनेता पल शाह बेनिशा र नीति शाहसँग रोमान्टिक भूमिकामा छन् । फिल्म ‘मोहर’ जनै पूर्णिमा अर्थात साउन २३ देखि प्रदर्शनमा आउदैछ ।

ओम प्रतिकद्वारा निर्देशित फिल्ममा पल, बेनिशा, नीति, अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा लगायतको अभिनय छ ।

ट्रेलरको लिंक: 
MOHAR