1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

इङल्याण्डको शानदार ब्याटिंग, भारतविरुद्ध चौथो टेस्टमा बलियो अग्रता

काठमाडौँ, १० साउन। भारतविरुद्धको चौथो टेस्टमा इङल्याण्डले शानदार ब्याटिंग गरेको छ । तेस्रो दिनको खेल सकिदा इङल्याण्डले पहिलो इनिंगमा ७ विकेट गुमाउदै ५४४ रन बनाएपछि १८६ रनको अग्रता बनाउदै आफुलाई बलियो रुपमा प्रस्तुत गरेको छ ।

इङल्याण्डका लागि जो रुटले कीर्तिमानी ब्याटिंग गर्दै १५० रन बनाए । आफ्नो टेस्ट क्यारियरको ३८ औं टेस्ट शतक बनाएका रुटले टेस्ट क्रिकेटमा धेरै रन बनाउने सुचीमा आफुलाई दोस्रो स्थानमा पुर्याएका छन् । उनी अब सचिन तेन्दुलकरपछि दोस्रो धेरै टेस्ट रन बनाउने खेलाडी बनेका छन् ।

त्यस्तै इङल्याण्डका बेन डकेटले ९४ रन बनाए भने ज्याक क्रवलीले ८४ रन बनाए । त्यस्तै ओली पोपले ७१ रन बनाए । हाल कप्तान बेन स्टोक्स ७७ रन बनाएर अविजित छन् भने उनलाई लियाम डवसनले २१ रन बनाएर साथ दिइरहेका छन् ।

त्यस्तै भारतकाबलर रविन्द्र जडेजा र वाशिंटन सुन्दरले २-२ विकेट लिए भने जसप्रित बुमराह, मोहमद सिराज र अन्शुल काम्बोजले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो ।

पाँच खेलको यस सिरिजमा हाल इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।