1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

एनपीएल दोस्रो सिजनका लागि ४५८ खेलाडी दर्ता, अक्सन २४ साउनमा

काठमाडौँ, १० साउन। नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया पुरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडीले आफ्नो नाम दर्ता गराएको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ता खुला गरेको थियो ।

दर्ता भएका सम्पूर्ण खेलाडीहरुको विवरण नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेञ्चाईज टोलीहरुलाई उपलब्ध गराई नेपाल क्रिकेट संघको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरुले इच्छ्याएका खेलाडीहरुको सुचीवाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ ।

साथै एनपीएलको दोश्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने क्यानले जनाएको छ ।