1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सरकारी बेवास्ताप्रति आक्रोश, मेयरको शिर मुण्डन र सडक सत्याग्रह

काठमाडौँ, १० साउन। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।

विभिन्न माग राख्दै सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि मेयर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ । उनले अहिले माइतीघरमैसत्याग्रह शुरु गरेका छन् ।

उनले स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेको भन्दै सत्याग्रह गरेको बताएका छन् । भट्टराई शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित सत्याग्रहमा बसेका छन् ।