1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

वाइडबडीदेखि शरणार्थी काण्डसम्म: अख्तियार प्रमुख आयुक्त विरुद्ध अख्तियारमै उजुरी

काठमाडौँ, १० साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

विशेष अदालत, काठमाडौँले वाइडबडी प्रकरणमा राईलाई मुद्धा नचलाएको बारे प्रश्न उठाएको विषयमा छानबिन गर्न भन्दै युवराज पौडेल सफलले अख्तियारमा मुद्धा दर्ता गरेका हुन् ।

दर्ता गरिएको उजुरीमा राई आपूर्ति मन्त्रालयको सचिव हा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत मुछिएकोले छानबिन गर्न आग्रह गरिएको छ ।