1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

फसाउने, मुद्दा लगाउने खेल राजनीतिमा चलिरहन्छ, को कतिबेला जेल पर्छ भन्न सकिदैन: प्रधानमन्त्री

काठमाडौँ, १० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् ।

आइतबार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए ।

दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको उनले स्मरण गरे । सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए ।

बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट साहित्यिक विधातर्फ बैरागी काइँला, भुवन ढुङ्गाना र राजनीतिक दर्शन विधातर्फ मीना सुब्बा तथा नयनसिंह कडायत पुरस्कृत भएका थिए ।