1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पाँचथरको हेवाखोलाले डाइभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

काठमाडौँ, १२ साउन। पाँचथरको हेवाखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।

मेची राजमार्ग फिदिम ताप्लेजुङ अन्तरगत पाँचथरको हेवाखोलामा रहेको डाईभर्सन बगाएपछि सडक अबरुद्ध भएको छ ।

मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो ।

त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रोपटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि डाईभर्सन बनाएर सडक संचालन गरिएको थियो ।