1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

लिभरपुल छोडेर बायर्न म्युनिख पुगे लुइस डियाज

काठमाडौँ, १२ साउन। कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजले लिभरपुल छोडेका छन् । डियाजले लिभरपुल छोडेर जर्मनी च्याम्पियन बायर्न म्युनिख गएका हुन् ।

बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको छ । बायर्नले डियाजलाई ४ बर्षका लागि भित्र्याएको छ । अब डियाजले बायर्नका लागि मेडिकल गरेर सम्झौतालाई औपचारिकता दिने छन् ।

२८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए । उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन् । लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।