1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

माधव नेपाल अचानक खुमलटारमा, प्रचण्डसँग गोप्य भेटवार्ता

काठमाडौँ, १२ साउन। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

अध्यक्ष दाहालको खुमलटार निवासमा पुगेका माधव नेपालले पछिल्लो राजनीतिक घट्नाक्रमबारे चासो लिएका हुन् ।

दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाईएको छ । नेपाल अहिले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि त्यति राजनीतिक भेटवार्तामा सामेल थिएनन् । तर, दाहालसँग भने उनको निरन्तर उठबस चलिरहेको छ ।

दाहालले सनिबारमात्रै एमालेको आन्तरिक संकटबारे बोलेका थिए । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुपर्ने पक्षमा छन् ।