1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गोकर्णेश्वर नजिकै खोलामा फसेका ५ जनालाई सेनाले गर्यो सकुशल उद्धार

काठमाडौँ, १२ साउन। गोकर्णेश्वरको सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका ५ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

नुहाउँदै गरेका ४ भारतीय र १ नेपाली नागरिक अचानक खोलाको बढेको बहावमा फसेपछि नेपाली सेनाले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

चन्दननाथ गणबाट खटिएको सेनाको टोलीले स्थानीय बासिन्दा र अन्य सुरक्षाकर्मीको सहयोगमा सबैको ज्यान जोगाएको हो । खोलाको बिच भागमा फसेका ती श्रद्धालुहरूलाई समयमै उद्धार गरिएको सेनाले जनाएको छ।

नेपाली सेनाले ज्यान जोखिममा परेकालाई तत्काल उद्धार गर्दै जनताको सेवा र सुरक्षामा आफू सधैं तत्पर रहेको पुष्टि गरेको छ।