1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गौतमबुद्ध रङ्गशाला: तीन वर्षमा तीन प्रतिशत काम, करोडौं बजेट लथालिङ्ग, १० करोड बजेट फिर्ता

काठमाडौँ, १२ साउन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण समयमा भएको ढिलाइका कारण विनियोजन गरेको १० करोडभन्दा बढी रकम फिर्ता भएको छ ।

रङ्गशालाको निर्माणको जिम्मा लिएको हिमालयन-कालिञ्चोक-बिबिआर ज्वाइन्ट भेञ्चर कम्पनीले तीन वर्षअघि सुरु गरेको काम आजसम्म उल्लेख्य प्रगति गर्न सकेको छैन । २०७८ सालदेखि ठेक्का लिएको कम्पनीले ४० प्रतिशत काम गर्नुपर्ने समयसीमा पार हुँदा पनि आर्थिक प्रगति ३ प्रतिशतभन्दा तल छ ।

संघीय सरकारले दिएको २५ करोड रुपैयाँमध्ये ७ करोड ३४ लाख रुपैयाँ खर्च गर्नै नसकिएर फिर्ता भएको छ भने, बागमती प्रदेशले निकासा गरेको १० करोडमध्ये ३ करोड २० लाख रुपैयाँ खर्च हुन सकेन। भरतपुर महानगरपालिकाले छुट्याएको ५ करोड पनि फ्रिज भएको छ ।