1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बेसिशहर-चामे सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौँ, १३ साउन। पहिरोका कारण बेसिशहर-चामे सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार राती लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका- ४ हावाडाडास्थित सडकमा पहिरो खसेर पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले भनेको छ- ‘बेसिशहर – चामे मनाङ सडक खण्ड अन्तरगत लमजुङ जिल्लाको मर्स्याङदी गा.पा. ४ हावाडाडा स्थित माथि बाट पहिरो खसी सडक पुर्ण रुपमा अवरोध भएको छ । अविरल वर्षाका कारण माथि बाट पहिरो झरी रहेको हुदाँ तत्काल खुलाउन कठिनाइ उत्पन्न भएको छ । बाटोको अवस्था बुझेर मात्रै उक्त सडक प्रयोगका लागि हार्दिक अनुरोध छ ।’