1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप

काठमाडौँ, १३ साउन। अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ ।

अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँचौं खेल ३ विकेटले पराजित गरेसँगै सिरिज ५-० ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै १९.४ ओभरमा अल आउट हुदै १७० रन बनाएको थियो ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज क्लीन स्वीप गरेको छ । अस्ट्रेलियाका क्यामरुन ग्रीन यस सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।