1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

अबको २ वर्षपछि म फिल्ममा फर्किन्छु : जल शाह।

कुनै बेला नेपाली सिनेमामा सशक्त उपस्थिति रहने रहेकी नायिका जल शाह पुनः अभिनयमा फर्किने योजनामा देखिएकी छन् ।

छोरी कलशले खडा गरेको ‘शिक्षा फाउन्डेसन’बाट काभ्रेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्न केही दिनअघि शाह नेपाल आएकी थिईन। करिब २ वर्षपछि आफू पुनः फिल्म अभिनयमा फर्किने सोचमा रहेको शाहले बताएकी छिन ।

कमब्याकबारे जलले भनिन्, ‘अबको २ वर्षपछि म फिल्ममा फर्किन्छु । छोरी कलशले ग्राजुयट गरेपछि म फ्रि हुनेछ । त्यसपछि फिल्ममा काम गर्छु । मलाई कुनै पनि काम हतारमा गर्न मन लाग्दैन । ममा अझै पनि अभिनय गर्ने क्षमता छ । यसैले त्यो प्रतिभाका लागि त जहिले आए पनि हुन्छ ।’ आफूमा अझै पनि पहिलाको जस्तै अभिनयको भूत सवार रहेको र त्यो कहिल्यै नहट्ने उनको भनाइ छ ।

कार्यक्रममा जलसँगै उपस्थित भएकी उनकी छोरी कलशले भविष्यमा फिल्म गर्न सक्ने संकेत गरिन् । हाल अमेरिकामा ११ कक्षामा पढिरहेकी उनले भनिन्, ‘अहिले मेरो पहिलो प्राथमिकता भनेको पढाई मात्र हो । र, ‘शिक्षा फाउन्डेसन’बाट मानिसहरुलाई सहयोग गर्ने हो । कुनै समयमा राम्रो अफर आयो भने फिल्म गर्छु । मेरो इच्छा भने भविष्यमा इन्टरनेशनल लयर वा कर्पोरेट लयर बन्ने छ ।’

पछिल्लो पटक सन् २००६ मा फिल्म ‘क्रोध’मा शाह देखिएकी थिइन् ।