1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज ।

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन्। पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका पौडेलको स्वास्थ्यमा सुधार आएपछि कीर्तिपुर अस्पतालबाट डीस्चार्ज भएका हुन्।

अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेका कारण डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने अस्पतालमै उपचाररत छन्। मेयर आचार्यको पनि स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ। उनको पनि जलनबाट फोक्सोमा कुनै खराबी नदेखिएको प्रस्ट पारिएको छ।

भनिएको छ, ‘मेयर धनराज आचार्यज्यूको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने जानकारी गराइन्छ।’

संक्रमणको जोखिम कम गर्न हाललाई मेयर आचार्यसँगको भेटघाट भने बन्द गरिएको अस्पतालले जनाएको छ।