1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

फागुन मसान्तसम्ममा एक खर्ब माथिको सेयर धितो कर्जा प्रवाह : राष्ट्र बैंक ।

Nepal Rastra Bank

काठमाडौं : एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितो कर्जा पौने ३३ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ८५ अर्ब ७० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

१ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा ३८.२७ प्रतिशत अर्थात ३२ अर्ब ८० करोड रुपैयाँले बढेको हो । यसअवधिमा वाणिज्य बैंकहरुबाट ९६ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ । त्यस्तै, विकास बैंकबाट १७ अर्ब ८७ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरुबाट ४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर घट्दो छ । अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । प्रणालीमा तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप्दै आएका बैंकहरुले अहिले एक–डेढ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जा दिएकाले गर्दा पनि ब्याजदर सस्तिएको छ ।

यसैगरी, बैंकहरुले निक्षेपको ब्याजदर पनि भारीमात्रामा घटाएकाले पनि लागत कम हुँदै गएको छ । यसले पनि कर्जाको ब्याजदर थप तल झार्न सहयोग गरेको देखिन्छ । तथापि, अर्थतन्त्रमा आएको शिथिलताको कारण बैंक–वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन सकेको छैन । पछिल्लो सयम सेयर बजारमा सुस्तता छाउँदा सयेर धितो कर्जा आकर्षक रुपमा बढ्न नसकेको जानकारहरु बताउँछन् ।