1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

‘नरसिंहाः अवतार’ को पोस्टर सार्वजनिक, कलाकार राज र सनिशालाई प्रेमिलभावमा चित्रण ।

काठमाडौं । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘नरसिंहाः अवतार’ पोस्टर सार्वजनिक गरिएको छ ।

सिनेमाका मुख्य अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईलाई चित्रित गर्दै दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको हो । दुवै पोस्टरमा राज र सनिशालाई प्रेमिल भावमा देखाईएको छ ।

चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत रहेका राज कटुवाललाई यस सिनेमामा एक्सन भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता राजेश हमालसँग ‘स्क्रिन सेयर’ गरेका राजले सिनेमाका लागि एक्सनको तालिम समेत लिएका थिए । यो सिनेमा उनको करिअरमा कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ । यसअघि उनले २ भन्दा बढी सिनेमामा काम गरिसकेका छन् ।

दीवाकर भट्टराईको निर्देशनमा तयार भएको ‘नरसिंहाः अवतार’बाट राजेश हमालले करिब ८ वर्षपछि कमब्याक गरेका छन् । यसमा उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी रहेको फिल्ममा राजु विक्रम थापाको डिओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु लामाको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन तथा शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । फिल्ममा चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’लाई रि-रेकर्ड गरेर समावेश गरिएको छ ।