1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सुशासन दिन कन्जुस्याइँ गरियो भने सडक झन आक्रोशित बन्दै जान्छः डा.शेखर कोइराला ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले संविधान संशोधनको गर्न ढिलाइ हुँदै जाँदा सडकमा आक्रोश पनि थपिँदै जाने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब संविधान संशोधन वा पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताएका हुन् । उनले संविधान संशोधन, सु्शासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा सरकारले काम गर्न नसकेको खण्डमा दिनप्रतिदिन निराशा बढ्दै जाने बताए । नेता कोइरालाले अहिले शुसासनको प्रत्याभूति नरहेको बताए । उनले अब सुशासन दिन सरकारले कन्जुस्याइँ गर्न नहुने बताए ।

साथै, उनले अहिले आफ्नो पार्टी र एमाले मिलेर सरकार बनेको भएपनि कांग्रेसले खबरदारी गरिरहनुपर्ने बताए । एमाले भविष्यको प्रतिस्पर्धी दल पनि रहेको बताउँदै नेता कोइरालाले सरकारले गलत, कमी कमजोरी गरेको खण्डमा कांग्रेसले खबरदारी गर्न आवश्यक रहेको बताए ।

‘हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ,’– कोइरालाले भने ।