1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेपाली जनता दरिद्र छन्, परिवार चलाउन विदेशिनुपर्ने बाध्यता छ : बादल ।

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाली जनतालाई सुखी तुल्याउन र समृद्ध नेपाल बनाउनको लागि समाजवादी क्रान्तिको जरुरी औंल्याएका छन् ।

शनिबार सप्तरीको राजविराजमा आयोजित एमाले सप्तरी जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा गरिबी रहेको र बेरोजगारीका कारण युवाहरु विदेसिन बाध्य भएको पनि बादलको दाबी छ ।

उनले भने,‘देशमा गरिबी छ, अहिले भएको रोजगारले जीवन धान्न गाह्रो छ । परिवार चलाउन गाह्रो छ, नेपाली जनता दरिद्र छन्, गरिब छन्, परिवार चलाउन विदेसिनुपर्ने बाध्यता छ ।’