1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

आईपीएलमा चेन्नईको लगातार दोश्रो जित ।

काठमाडौँ । चेन्नई सुपर किङ्सले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा दोश्रो जित हासिल गरेको छ ।

भारत रत्न श्री अटलविहारी भाजपाइ एकान क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको हो ।

जितका लागि लखनउले दिएको १६७ रनको लक्ष्य चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईको जितमा शिबम दुबेले अविजित रहँदै सर्वाधिक ४३, रचिन रविन्द्रले ३७ तथा कप्तान महेन्द्रसिंह धोनीले २६ रन जोडे ।

लखनका रवी विश्नोइले २ तथा दीग्भेश राठी र एडन माक्रमले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।

लखनउका लागि ऋषभ पन्तले सर्वाधिक ६३, मिचेल मार्शले ३०, आयुश बदोनीले २२ र अब्दुल समादले २० रन जोडेका थिए। चेन्नईका लागि रविन्द्र जडेजा र मथिश पाथिरानाले समान २ तथा खलिल अहमद र अन्शुल कम्बोजले १-१ विकेट लिएका थिए ।