1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

खानेपानीको लागि पर्याप्त बजेट दिएको छु, अब समयमै काम सम्पन्न हुन्छ : मन्त्री यादव

जुम्ला, ८ वैशाख: जुम्ला स्थित निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको काम तीव्र रूपमा अगाडि बढेको छ ।

नेपाल सरकारको एक अर्ब २६ करोड रुपैँयाको लागतमा यो आयोजनाको निर्माण प्रक्रिया सुरु भएको हो।

एक अर्ब २६ करोड मध्ये हालसम्म ९१ करोड रुपैँया बराबरको काम भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले बताएका छन् । अबको एक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी समेत तीव्र रूपमा काम अघि बढिरहेको श्रेष्ठले बताए ।

तातोपानी, गोठीचौर र चन्दननाथ गरी तीनवटा स्थानीय तहका नागरिकलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो खानेपानी आयोजना निर्माण भइरहेको हो । यसबाट करिब आठ हजार ९ सय बढी स्थानिय घरधुरी तथा ४४ हजार भन्दा बढी लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख इञ्जिनियर जोतिस मिश्रले बताएका छन् ।

मिश्र भन्छन, “आयोजनाको काम तीब्र रूपमा भइरहेको छ । हालसम्म ७३ प्रतिशत भौतिक र ६२ प्रतिशत वित्तीय प्रगति भएको छ । एक वर्षपछि यहाँका नागरिकको खानेपानी समस्या समाप्त हुनेछ ।”

यता खानेपानीमन्त्री प्रदीप यादवले उक्त आयोजनाको निरीक्षण एवं अवलोकन गरेका छन् भने मन्त्रालयले परियोजनाका लागि पर्याप्त बजेट विनियोजन गरेको कारण तोकिएको समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

मन्त्रि यादवले भने “जग्गाको समस्याले परियोजना निर्माणमा केही ढिलाइ भएको हो । अब समस्या समाधान भएर काम अगािड बढेको छ, परियोजनामा बजेटको कमी हुने छैन । त्यसैले एक वर्षभित्र काम सम्पन्न हुनेछ”,।