1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

किर्ते जालसाजीमा वडाध्यक्ष, कार्यालयको छाप समेत दुरुपयोग

सिरहा, ८ वैशाख: नवराजपुर गाउँपालिका–२ का पूर्व वडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् ।

वडा अध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा सोमबार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरी साहले चार किल्ला सिफारिस बनाएका थिए । अहिले अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।