1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्न आवश्यक : मन्त्री अधिकारी

काठमाडौं, ९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्रि अधिकारीले रियल स्टेट क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका हुन् । रियल स्टेट क्षेत्रसम्बन्धी भ्रम चिर्ने जिम्मेवारी पनि व्यवसायीकै भएको मन्त्रि अधिकारीले बताए ।

“विश्वका कतिपय मुलुकमा रियल स्टेटलाई प्रतिष्ठित उद्योगका रुपमा अघि बढाइएका छन्, तर हाम्रो देशमा यस क्षेत्रले राम्रो सन्देश दिन सकिरहेको छैन”, मन्त्री अधिकारीले भने, “नेपालमा नाफाका लागि मात्रै घरजग्गा व्यवसाय गरेका छन् भन्ने भ्रम चिर्न आवश्यक छ ।” मुलुकको प्रचलित कानुन अनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उनले त्यसखालको भ्रम चिर्न नसकेसम्म व्यवसाय विस्तार नहुने बताए ।

निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरिरहेको उनले जानकारी दिए । मन्त्री अधिकारीले छ दशक पूराना नापी र भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको स्पष्ट पारे । भूमीसम्बन्धी ऐनको मस्यौदा तयार गर्न मन्त्रालयले समिति बनाएर काम गरिरहेको बताउदै मन्त्रि अधिकारीले विज्ञ र सरोकारवालासँगको छलफलबाट यसलाई टुङ्ग्याइने भन्दै नापी ऐन तयार भइसकेको बताएका छन् ।