1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजा अर्चना

मुस्ताङ, १० वैशाख । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले बुधबार बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् । उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए ।

त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।