1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्षको भेट

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गरेका छन ।

बिहिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरु नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।

प्रधानमन्त्रीसँग नेपाली समुदायले अष्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका साथै त्यहाँ रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा चर्चा भएको पोख्रेलले बताए ।

भेटको क्रममा व्यापार तथा लगानी प्रवद्र्धन फ्रेमवर्कको सदुपयोग, दुई देशबीचको द्विपक्षीय सम्बन्ध विस्तार तथा उच्च तहको भ्रमणका विषयमा पनि छलफल भएको पोख्रेलले बताएका छन । अध्यक्ष पोख्रेलका अनुसार एनआरएनएको एकीकृत वार्षिक साधारणसभा आयोजना गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो ।