1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताएका हुन् । उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

सांसद महतले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने बताए । उनले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए ।

ताप्लेजङको पाथिभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आइरहेको छ ।